दफा ५
बोर्डको उद्देश्य
बोर्डको उद्देश्य देहाय बमोजिम हुनेछः–
(क) राष्ट्रिय स्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण र तत्सम्बन्धी विकास योजना तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पुर्याउने ।
(ख) दुग्ध उद्योगको विकास गर्ने, गराउने ।
(ग) दुग्ध विकासको लागि पशु विकास र पशु स्वास्थ्य क्षेत्रमा देखा परेका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने ।
(घ) देशभित्रका सम्पूर्ण निजी र सरकारी क्षेत्रका दुग्ध व्यवसायीहरु बीच सामञ्जस्य स्थापना गर्ने, गराउने ।
(ङ) दुग्ध विकास सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने, गराउने ।
(च) पशुचरनको प्रबन्ध गर्ने, गराउने ।